औषधि पसललाई २ लाख रुपैयाँ जरिवाना

 

बाँके । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले २ हजार २ सय रुपैयाँ परेको अक्सिमिटर ३ हजार १ सय रुपैयाँमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो ।

jutta mela

खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही रु २० हजारका दरले जरिवाना गरेको थियो ।

You might also like

Comments are closed.