‘फोन पे’को नयाँ अभियान, ‘फोन पे डिरेक्ट पैसा पठाऔं ठाउँको ठाउँ’

काठमाडौं । फोन पे, नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालकले ‘फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । यो अभियानको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोवार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिक्ता दिएको देखिन्छ ।

‘यस अभियानको मुख्य उद्देश्य ग्राहकलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो, जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्युआर जस्ता तरिकाहरु रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसकै फलस्वरुप नेपालका विभिन्न बैंकहरूमा फोन पेले ग्राहकहरुलाई फोन पे डिरेक्ट सम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको देखिएको छ जसबाट चौतर्फि एकीकृत मार्केटिङको राम्रो उदाहरण झल्किएको छ ।’

भदौ महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोन पेको फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आइफोट १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने बताइएको छ । अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहारहरु प्रदान हुने फोन पेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले जानकारी दिए ।

‘सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ । पैसा पैसा पठाऔँ ठाउँको ठाउँ अभियान, यस प्रतिबद्धताको एक उदाहरण हो । फोन पे डिरेक्टद्वारा हामीले पैसाको आदान प्रदान गर्ने तरिकालाई सधैंको लागि परिवर्तन गर्दैछौं,’ उनले भने ।

फोन पेले सधैं आफ्ना ग्राहकको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको उनले बताए । यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.

Secret Link