अल्लोको कपडा बुन्न सिक्दै महिला

फुङ्लिङ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० स्थित फुरुम्बु गाउँमा अल्लोको कपडा बुन्न सिक्दै उद्यमी महिला ।

स्थानीय कच्चा पदर्थको प्रयोगबाट आयस्रोत बढाउँनका लागि अहिले यस क्षेत्रमा हिमाली संरक्षण मञ्चको आयोजना,वडा कार्यालयको समन्वय र रेड पाण्डा नेटवर्क,फुङ्लिङ नगरपालिका,घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा दुई महिने प्रशोधन तथा कपडा उत्पादन तालिम सञ्चालन हुँदै आएको छ ।

तस्बिरः दिलकुमार लिम्बू /रासस

You might also like

Comments are closed.