पोखराको पिगपार्कमा पिगफार्मको सुरुवात

पोखरा ।

युथ कम्युनिटी क्लबका केहि सदस्यहरु मिली मित्रता ईन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लिद्वारा पोखराको बागमाराको पिगपार्कमा पिगफार्मको शुरुवात गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका बरिष्ठ मत्स्य विकास अधिकृत गायत्रीराज वाग्लेले फर्मको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दैै वाग्लेले केहिकामको सुरुवात गर्नु भन्दा पनि त्यसमा दिगोपना चाहिने बताउदैं सुविधाको पछाडी नलागि टिकेर काम गर्नु पर्नेमा जोड दिए । राज्यको मात्र मुख ताक्नु भन्दा पनि काम गर्नु पर्ने बताँउदैं युवाहरु मिलेर अझैं अरुपनि काम गर्न सुझाव दिदै आफुले सक्ने सहयोग गर्ने उनले बताए ।

पशुपंक्षी तथा मत्स्य विकास र्निदेशनालय गण्डकी प्रदेशका बरिष्ठ प्राविधिक सुरेश कुमार श्रेष्ठले युवा जमातले बंगुर पालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो साथ सहयोग रहने बताए । बंगुर पालनको व्यबहारिक शिक्षा लिनुपर्ने बताउदैं प्राविधिक र कृषकको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने उनको भनाई छ ।

बंगुर बृडर कृषक सहकारी सस्ंथा लिमिटेडका अध्यक्ष योग बहादुर आचार्यले सबैले घृणा गरेको व्यबसायमा लगानी बढ्दै गएकोमा खुसी व्यक्त गर्दै गण्डकी प्रदेश सरकारले पिगपार्क स्थापना गरेर कृषकलाई हौसला प्रदान गरेको बताए । आचार्यले व्यवसायमा असफल भएपनि हार नमानी अगाडी बढ्नुपर्ने बताए । साथै छोराछोरी ब्रिटिस, इण्डियन आम्री बन्दा खुशि हुनु भन्दा पनि आफ्नै देशमा व्यवसाय, कृषि गर्दा खुशि हुनु पर्ने बताए ।

युथ कम्युनिटी क्लबका सल्लाहकार नगेन सिंहले हाम्रा पुर्खाले हामीलाई स्वतन्त्र बनाए तर हामी गुलामि तर्फ लागेको तर अब देशमा केहि गर्ने बेला भएको बताउदैं एकआपसमा विश्वास राख्दै अघि बढे सफलता मिल्ने बताए ।
युथ कम्युनिटी क्लबका सल्लाहकार रुद्र गिरीले राष्ट्रले कोरोनाले फर्किएका नेपालीलाई देशमा नै लगानी गर्ने वातावरण बनाइदिनु पर्ने बताउदै सिप सिकाउनु पर्नेमा जोड दिए ।

युथ कम्युनिटी क्लबका अध्यक्ष पुर्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत युथ कम्युनिटी क्लबका उपाध्यक्ष जयन्ति मोक्तानले र कार्यक्रम सञ्चालन युथ कम्युनिटी क्लबका सचिव कृष्ण प्रसाद दाहालले गरेका थिए ।
क्लबका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले “साथ, सहयोग र सहकार्यको लागि” युथ कम्युनिटी क्लबको स्थापना भएको बताउँदै अबको ५ वर्षमा देशभरका युवा व्यवसायीहरुलाई एकिकृत गराई नेपालमा नै लगानी गर्ने वातावरण बनाउन पहल गर्ने बताए ।

You might also like

Comments are closed.