पोखरामा खुल्यो पाइलट ब्रान्ड पेनको आउटलेट

पोखरा ।  फेयर ट्रेड कर्पाेरेसनले पोखरामा पाइलट ब्रान्डको पेनको आउटलेट संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरस्थित कोट्रयार्ड भवनमा (मीनमार्ट रहेको भवन) आउटलेट संचालनमा ल्याएको हो ।

शनिबार आयोजित एक समारोहमा उक्त शोरूमको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले संयुक्त उद्घाटन गरे । सो अवसरमा हाँस्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति थियो ।

कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनको बिक्री वितरण गर्दै आएको छ । कम्पनी निर्देशक मीन अग्रवाल आफूकहाँ १० देखि एक लाख रूपैयाँसम्मका मूल्य बराबरका पेन रहेको बताउँछिन् ।

उनका अनुसार पाइलट ब्रान्डका बल पेन, जेल पेन र फाउन्टेन पेन, हाइलाइटर, मार्कर, पेन्सिल, इरेजरसहित  लेखेर मेट्ने पेनहरू पनि उपलब्ध छन् । प्रोडक्टमा १० प्रतिशत डिस्काउन्ट र विद्यार्थीहरूका लागि एक वर्षसम्म  ५ प्रतिशत  विशेष छुट दिइने व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.