lcci festival

पायोनियर मोटो कर्पद्वारा ‘निसान म्याग्नाइट महाधमाका’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि निसान सवारी साधनको एकमात्र आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले क्रिसमस तथा नयाँ वर्षको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि लागू हुने यस अफरमार्फत ग्राहकहरूलाई आकर्षक छुट, सुविधा तथा उपहारसहित निसान म्याग्नाइट खरिद गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत निसान म्याग्नाइट खरिद गर्ने ग्राहकहरूले रु. १ लाख नगद छुट प्राप्त गर्नेछन् । साथै, पुरानो गाडी एक्सचेन्ज गरी नयाँ निसान म्याग्नाइट खरिद गर्न चाहने ग्राहकहरूका लागि रु. १ लाख एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ ।

महा धमाका अफरअन्तर्गत ग्राहकहरूलाई ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गरिनेछ भने थप सुविधाका रूपमा १ वर्षको सम्पूर्ण बिमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्ससमेत कभर गरिनेछ । यसका अतिरिक्त, ग्राहकहरूले आईफोन १७ तथा जोडीका लागि थाइल्याण्ड भ्रमण जस्ता आकर्षक उपहार जित्ने अवसर पनि पाउनेछन् ।

पायोनियर मोटो कर्पका अनुसार यस अफरको उद्देश्य ग्राहकहरूलाई सवारी साधन मात्र नभई सुरक्षित, सुविधायुक्त र दीर्घकालीन निश्चिन्तताको अनुभव प्रदान गर्नु हो । निसान म्याग्नाइट नेपालका लोकप्रिय कम्प्याक्ट एसयूभीहरूमध्ये एक मानिन्छ, जसले ५-स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ ।

निसान म्याग्नाइटमा ६ वटा एयरब्याग, हिल-असिस्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा, ८ इन्च टचस्क्रिन, एन्ड्रोइड अटो तथा एप्पल कारप्लेजस्ता आधुनिक सुरक्षा तथा सुविधा विशेषताहरू समावेश छन् । २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी नेपाली सडकका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।

यो अफर नेपालभर लागू हुने बताइएको छ । इच्छुक ग्राहकहरूले नजिकैको निसान शोरुम वा काठमाडौँको थापाथलीस्थित पायोनियर मोटो कर्पको मुख्य कार्यालयमा पुगेर टेस्ट ड्राइभ बुक गर्न तथा सीमित स्टक सकिनुअघि अफरको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।

पायोनियर मोटो कर्प प्रा. लि. नेपालका लागि निसान सवारी साधनको आधिकारिक वितरक हो । कम्पनीले देशभर फैलिएको डिलर नेटवर्कमार्फत बिक्री, सेवा तथा स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराउँदै आएको छ । थप जानकारीका लागि नजिकैको निसान शोरुममा सम्पर्क गर्न वा www.nissan-nepal.com वेबसाइट हेर्न  सकिनेछ ।

You might also like

Comments are closed.