पोखरा । पोखरामा हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि पोख्रेली पानीको ब्राण्ड पिउरोले सहकार्य गरेको छ । सहारा क्लबद्वारा आयोजित यस वर्षको प्रतियोगिताको लागि पिउरोले ‘अफिसियल ड्रिङकिङ वाटर’ मा सहकार्य गरेको हो ।
क्ल्बका अध्यक्ष केशवबहादुर थापा र कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्काले सहकार्यका लागि सम्झौता गरेका हुन् । पोखराको प्रतिष्ठित फुटवल प्रतियोगिताका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको खड्काले बताए ।
पोखराका प्रतिष्ठित पानी पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेज प्रा.लि.ले गर्दै आइरहेको छ । पिउरो एक लिटरको आकर्षक बोतल र २० लिटरको जारमा उपलब्ध छ । ‘गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न हामी सफल छौं,’ खड्काले भने ।
सहारा क्लब पोखराको आयोजनामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने १९औँ संस्करणको प्रतियोगितामा विदेशी एकसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
Comments are closed.