इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कहाँको भाडा कति ?

काठमाडौं ।नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बढेको छ । निगमले हवाई इन्धनको मूल्य रु. १९ ले बढाए संगै हवाई भाडा पनि बढेको हो । बढेको भाडा असार ८ गते देखि लागू हुने बताईएको छ ।

बढेको भाडा असार ८ गते देखि लागू हुने बताईएको छ । एअरपोर्ट ट्याक्स अन्तरास्ट्रिय बिमानस्थलको हकमा रु ५०० र अन्य बिमानस्थलमा रु ४०० र ३०० कायम गरिएको छ । काठमाडौंबाट धनगडीको उडानको लागि रु १६ हजार ८०५ भाडा कायम गरिएको छ । काठमाडौंबाट माउन्टेन्ट उडानको भाडादर रु १४७२० कायम गरिएको छ भएको छ ।

त्यस्तै काठमाडौंबाट भद्रपुर उडानको लागि रु १२८०५ भाडादर कायम भएको छ । काठमाडौंबाट विराटनगर उडानको लागि रु १००८० भाडादर तोकिएको छ । काठमाडौंबाट जनकपुर उडानको लागि रु ५७९५ भाडादर तोकिएको छ ।

यस्तै काठमाडौंबाट भरतपुर उडानका लागि रु ४९३५ भाडादर तोकिएको छ । काठमाडौंबाट पोखरा उडानका लागि ६९०५ भाडादर कायम गरिएको छ । काठमाडौंबाट भैरहवा उडानको लागि रु ८५७५भाडादर कायम गरिएको छ ।

त्यस्तै काठमाडौंबाट नेपालगञ्जको उडानको लागि रु १३८१५ भाडादर कायम गरिएको छ । काठमाडौंबाट तुम्लिंटार उडानको लागि रु ८११० भाडादर कायम भएको छ । त्यस्तै काठमाडौंबाट सिमराको लागि रु ४११५ भाडादर कायम गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.