धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री दाहाल सचिव भट्टको निवास पुगेका जनाइएको छ । सो अवसरमा दुवैजनाबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
माओवादी केन्द्रका पूर्वनेता भट्ट झण्डै दुई वर्षअघि नेकपा विभाजनका बेला एमालेमा प्रवेश गरेका हुन् ।
Comments are closed.