काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मलेसियाको नयाँ मापदण्डसम्बन्धी विषयमा श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग आज सिंहदरबारमा विशेष छलफल गरेकी छिन् ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकले मलेसियाले पठाएको १० बुँदे मापदण्डलाई अन्तिम निर्णय नभई केवल प्रस्तावका रूपमा लिएको जनाएको छ । साथै, आगामी द्विपक्षीय वार्तामार्फत नेपाली श्रमिक र वैदेशिक रोजगार व्यवसायी दुवैको हित सुनिश्चित हुने गरी मर्यादित र सुरक्षित रोजगारीका मापदण्ड तय गर्ने निष्कर्ष निकालिएको छ ।
 
			



 
											


Comments are closed.