शिक्षकवाटै क्याम्पसको मुल गेटमा ताला

पोखरा ।
त्रिभुवन विश्वविद्यालयको ईतिहासमै पहिलोपटक आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा अनिश्चीतकालिन तालावन्दी गरेका छन् । विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरण वद्ध आन्दोलन गरेपनि त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्र जिम्मेवार वनेको भन्दै आन्दोलन स्वरुप अनिश्चितकालका लागि ताला लगाएको हो ।

दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पठनपाठन गराईरहेका आशिंक शिक्षकहरुले गत वर्षको माघ २० गते क्याम्पस प्रशासन, आशिंक शिक्षक र त्रि वि प्रतिनिधीका विचमा भएको सहमती कार्यन्वयन नभएको भन्दै पुन आन्दोलन गरेका हुन् । क्याम्पसको नयाँ क्याम्पस प्रमुखको पदमा प्राध्यापक डाक्टर सरोज कोईराला आए पछि आशिंकका मागलाई यहि श्रावणको २२ गते सम्म समाधान गर्न २ वुदे लिखित प्रतिवद्धता जनाएका थिए ।

प्रतिवद्धता अनुसार क्याम्पसको रिश्त दरवन्दी तत्काल ल्याउने र आशिंक शिक्षकलाई नियमित गर्ने प्रतिवद्धता जनाएका थिए । सो कुनै पनि माग पुरा नभएपछि पुन आन्दोलनमा उत्रिएको आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पस पोखराका अध्यक्ष सुनिल गौतमले जानकारी दिए । उनले भने–“हामी विगत १४ वर्ष देखि श्रम शोषणमा परेका छौं अव पनि हाम्रा माग समाधान गरिएन भने हामी कुनै पनि हालतमा पछि हट्नेवाला छैनौं ।”

यता आशिंकको आन्दोलनका वारेमा क्याम्पस प्रमुख प्रा. डा. सरोज कोईरालाले पनि माग त्यति नाजायत नभएको धारणा राखे । उनले भने –“उहाँहरु समस्यामा हुनुहुन्छ, यो समस्या हाम्रो मात्रै होईन विश्वविद्यालयको हो त्यसैले समाधान जसै गरिनू पर्छ ।” समाधानका लागि केन्द्रमा रजिस्ट्रार र रेक्टरसँग कुरा भएको पनि उनले जानकारी दिए । उनले अगाडी थपे–“आशिंक विना क्याम्पस चलाउन असम्भवनै छ, अधिकतम कक्षा भार आशिंकले लिनुभएको छ ।”

संघका अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको पनि उनको भनाई छ ।
क्याम्पसमा हाल २ सय २० को संख्यामा आंशिक शिक्षक रहेका छन् ।

You might also like

Comments are closed.