पोखरा सांगीतिक कलाकार संघद्वारा ज्यालादारी मजदुरलाई राहत वितरण

पोखरा ।

पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोग तथा पोखरा सांगीतिक कलाकार संघ नेपालको समन्वयमा पोखरामा लकडाउन प्रभावितका लागि राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत हस्तान्तरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परेर नेपालमा पनि ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए । राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरी वितरण गरिएको गायक भाष्करध्वज श्रेष्ठले बताए ।

संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको छ । पोखरा युके फाउण्डेशन युकेका लागि भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङले सहयोग संकलन गरि पोखरा सांगितिक कलाकार संघलाई वितरणका लागि समन्वय गरेको हो ।

You might also like

Comments are closed.