पोखराको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध

पोखरा । पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक सूचना प्रकाशन गर्दै मुख्य सडक क्षेत्रमा माघ २३ देखि लागु हुने गरी पार्किङ निषेध गरेको हो ।

माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको निर्णय अनुसार मुख्य सहरी क्षेत्रको सडक (पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक) पार्किङ निषेध गरिएको हो ।

उक्त क्षेत्रमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएकाले पार्किङ निषेध गरिएको महानगरले जनाएको छ ।

jutta mela

‘उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्ण रूपमा पार्किङ निषेध गरिएको हुँदा तोकिएको क्षेत्रहरूमा मात्र पार्किङ व्यवस्थापन गर्नुहुन सम्पूर्ण सरोकारवालाहरूमा यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सूचनाको अवज्ञा गरि निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने ब्यहोरा समेत अनुरोध गरिन्छ ।’

You might also like

Comments are closed.