पोखराका सडकमा २००७ स्मार्ट सडक बत्ती र २३ वटा हाइमास्ट लाइट

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा २ हजार ७ वटा स्मार्ट सडक बत्ती जडान भएका छन् ।

पोखरा महानगरपालिकाका अनुसार महानगरका मुख्य चोकहरुमा २३ वटा हाइमास्ट लाइटसमेत जडान भएका छन् ।

ऊज्यालो पोखरा बनाउनका लागि र सुरक्षित पोखराका लागि स्मार्ट सडक बत्ती र हाइमास्ट लाइटले योगदान पुगेको छ । दुवै लाइटको आज आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइटको उद्घाटन गर्नेछन् ।

You might also like

Comments are closed.