पोखरामा संस्था सुदृढीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा ।  संस्कृति टोल विकास संस्थाको आयोजनामा आज (शनिवार) पोखराको कालिका बहुमुखी क्याम्पसमा संस्था सुदृढीकरण तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालित उक्त तालिमले स्थानीय संघसंस्थाहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष महेन्द्र भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बोध बहादुर कार्की उपस्थित थिए । प्रमुख अतिथि कार्कीले यस्ता तालिमले संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने र सामाजिक विकासमा टेवा पुऱ्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्कृति आमा समूहकी अध्यक्ष निलम गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

तालिममा ‘संस्था सुदृढिकरण’ विषयमा प्रशिक्षक रुद्रनाथ न्यौपानेले र ‘नेतृत्व विकास’ विषयमा प्रशिक्षक अधिवक्ता सरिता तिमिल्सिना पंगेनीले सहजीकरण गरेका थिए ।। तालिममा संस्कृति टोल विकास संस्था, संस्कृति आमा समूह तथा नजिकैका अन्य टोल विकास संस्था र आमा समूहहरुका गरी कुल १४६ जनाको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजकत्व तिर्थमाया गुरुङले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव दुर्गानाथ न्यौपानेले गरेका थिए । उक्त तालिमलाई पोखरा महानगरपालिका वडा नं. १४, कालिका बहुमुखी क्याम्पस, संस्कृति आमा समूह र सेगा कम्प्युटरले सहयोगी संस्थाको रुपमा साथ दिएका थिए। आयोजक संस्थाले तालिमले सहभागीहरुमा नयाँ ऊर्जा थपेको र सिकेका कुराहरु व्यवहारमा उतार्ने अपेक्षा राखेको जनाएको छ।

You might also like

Comments are closed.