पोखरा चेम्बर अफ कमर्स कास्कीले मनायो स्थापना दिवस

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको स्थापना दिवस तथा नेपाल चेम्बर अफ कमर्सको ७५औँ स्थापना दिवस (हिरक जयन्ती) को अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पोखरा चेम्बर विशेषाङ्कु को विमोचन र सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

प्रमुख अतिथि र विशिष्ट उपस्थितिस् गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्ड, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय बीमा प्राधिकरणका प्रतिनिधिहरूका साथै बैंकर एसोसिएसनका पदाधिकारीहरूको समेत सहभागिता थियो ।

कार्यक्रममा पोखराको व्यावसायिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, विज्ञापनदाता, सुरक्षा निकाय, पत्रकार र आजीवन सदस्यहरूलाई धन्यवाद दिए ।

कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्स, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्यहरू र छिमेकी जिल्ला (स्याङ्जा, गल्याङ) का चेम्बर पदाधिकारीहरूको समेत सहभागिताले व्यावसायिक एकताको सन्देश दिएको थियो। महिला चेम्बर र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले पनि कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए ।

You might also like

Comments are closed.