पोखरा
पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । सहकारीले १८ र्औ बार्षिकोत्सवको अवसरमा केन्द्रलाई आर्थिक सहयोग गरेको हो । सहकारीले २५ हजार रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरेको छ ।
कोरोनाको समयमा आष्किार केन्द्रले गरेको राष्ट्र र नागरिकको लागि उल्लेखनिय काम गरेकोले सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै सहकारीले आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष सुरेन्द्र बहादुर गोदारले जानकारी दिए ।
विभिन्न समयमा सहकारीले विभिन्न विद्यालय, अस्पताल, मन्दिर, गुम्वा लगायतलाई पनि सहयोग गर्दै आईरहेको सचिव ईन्द्रप्रसाद द्वा ले जानकारी दिए ।
बार्षिकोत्सव कै अवसरमा सहकारीले शेयर सदस्य, कर्मचारी, शुभेच्छुक, सहकारी अभियन्ता सम्पुर्णमा शुभकामना पनि व्यक्त गरेको छ ।





Comments are closed.