पोखरा फाइनान्सको शाखा रुपन्देहीको मणिग्राममा

 

पोखरा । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५, मणिग्राममा शाखा स्थापना गरेको छ । यस सँगै बैंकको यो २२ औं शाखा हो । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तारको निमित्त विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप मणिग्राम शाखा संचालन गरेको हो ।

यस शाखा मार्फत् बैंकले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।

चुक्ता पुँजी रु. ९१.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ८ अर्व ३७ करोड तथा कर्जा लगानी रु. ७ अर्व ०२ करोड एवं जगेडा कोषमा रु. ३१.५१९ करोड रहेको छ ।

You might also like

Comments are closed.