पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले २७ औ वार्षिकोत्सव मनाएको छ । २०५३ साल असोज २ गते फाइनान्स स्थापना भएको हो । राष्ट्रियस्तरको पोखरा फाइनान्स लिमिटेड फाइनान्स कम्पनीहरु मध्ये पुरानो र अग्रणी फाइनान्समा पर्दछ ।
२७ औ वार्षिकोत्सवको अवसरमा फाइनान्सले शुक्रबार प्रधान कार्यालय न्युरोड पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।
२७ औं वर्षसम्म आइपुग्दा फाइनान्सले ग्राहकलाई आधुनिक प्रविधियुक्त बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको बताइएको छ ।
वित्तीय संस्थाको हाल अधिकृत पुँजी १ अर्व ५० करोड छ । जारी तथा चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ छ । वित्तीय संस्थाको हालसम्म देशका विभिन्न ठाउँहरुमा २४ वटा शाखा सञ्जाल, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएमबाट सेवा प्रदान गरिरहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन ।
संस्थाको २७ औं वर्षसम्मको निरन्तर यात्रामा सदभाव, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहक, शेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति फाइनान्सका अध्यक्ष राजकुमार गुरूङले कृतज्ञता व्यक्त गरेका छन् ।
आगामी दिनहरुमा समेत आफ्ना ग्राहकलाई छिटो, छरितो, सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्न फाइनान्स तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले बताए ।
Comments are closed.