पोखरा । पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ । फाइनान्सका एक उच्च अधिकारीका अनुसार संस्थाले आफ्ना ग्राहकलाई अधिकतम वित्तीय सेवा प्रदान गर्न र सेयरधनीहरुलाई उच्च प्रतिफल दिने लक्ष्यका साथ मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने विषयमा फाइनान्सले छलफल शुरु गरिसकेको छ ।
स्रोतका अनुसार पोखरा फाइनान्स लिमिटेडको बर्तमान संचालक समितिले वाणिज्य बैंकसँग मर्जमा जाने विषयमा छलफल गरेर प्रक्रिया अगाडि बढाइसकेको छ। तर कुन बैकसँग मर्जमा जाने भन्ने विषयमा भने फाइनान्सले खुलाएको छैन ।
विसं २०५३ सालदेखि सञ्चालनमा आएको पोखरा फाइनान्स लिमिटेड पोखरा क्षेत्रको एक स्थापित र पुरानो वित्तीय संस्थाका रुपमा परिचित छ । फाइनान्सले हाल मुख्य कार्यालय सहित कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाडौं, ललितपुर, रुपन्देही र बाँके समेत गरी २५ वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
हाल यस संस्थाको चुक्तापुँजी १ अर्ब ८ करोड, निक्षेप ११ अर्व र कर्जा ८ अर्व माथि छ ।
Comments are closed.