पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, लाभांश पारित

पोखरा । पोखरा फाइनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिसेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.२१ प्रतिशतका दरले नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी रु. १.०८ अर्ब पुगेको छ । साथै सभाले अबको ४ वर्षको लागि संस्थापक समूहबाट डा. दीर्घमान गुरुङ, प्रतिक गुरुङ र दिवाकर पौडेललाई सञ्चालकमा सर्वसम्मत नियुक्त गरेको छ । आजै सम्पन्न सञ्चालक समितिको बैठकले डा. दीर्घमान गुरुङलाई सर्वसम्मत संस्थाको अध्यक्ष पदमा नियुक्ति गरेको छ ।

त्यसै गरी आ.व. २०७९/८० को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक, वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले जानकारी दिए ।

पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।

You might also like

Comments are closed.