पोखरा फाइनान्स २७औं वर्षमा प्रवेश

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड स्थापनाको २६औं वर्ष पुरा भएको छ । २०५३ साल चैत ३ गतेबाट वित्तीय सेवा सुरु गरेको फाइनान्स आजबाट २७औं वर्ष प्रवेश गरेको छ । पोखरा फाइनान्सले वार्षिकोत्सवको अवसरमा रक्तदान लगायत विभिन्न कार्यक्रम गर्दैछ ।

वार्षिकोत्सवको अवसरमा फाइनान्सले सम्पूर्ण ग्राहक, शुभेच्छुक, शुभचिन्तकहरुमा आभार व्यक्त गरेको छ । ग्राहकबाट प्राप्त मायाले नै फाइनान्सले सफलता प्राप्त गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

देशभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ । स्थापनाकालको २६ वर्षसम्मको यात्रामा संस्थाले ठुलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अगाडि बढिरहेको छ ।

jutta mela

‘वित्तीय संस्था आगामी दिनहरुमा समेत आफ्ना ग्राहकलाई छिटो, छरितो, सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्न तत्पर छ,’ गुरुङले भने ।

You might also like

Comments are closed.