पोखरा गुडविल होटलले ल्यायो विन्टर अफर, ५० प्रतिशत छुट

पोखरा । पोखराको लेकसाइडस्थित डिहिकोपाटनमा रहेको पोखरा होटल गुडविलले ‘विन्टर अफर’ ल्याएको छ । पोखरा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी होटलले विशेष छुटसहितको अफर ल्याएको हो ।

अफर अन्तर्गत होटलको रुममा ५० प्रतिशत छुट प्रदान गरिएको छ । ४ हजार रुपैयाँ पर्ने रुमलाई मात्र १ हजार ९ सय ९९ सय रुपैयाँमा बुक गर्न सकिने सञ्चालक विन्दा रायमाझीले जानकारी दिइन् ।

‘सस्तो मूल्यमा होटलमा एसी डिलक्स रुम बुक गर्न सकिन्छ,’ रायमाझीले भनिन्, ‘यो अफरबाट पोखरा आउने आन्तरिक पर्यटक प्रत्यक्ष लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।’ पोखरा गुडविल होटल पोखरा क्षेत्रको सुविधासम्पन्न तथा उत्कृष्ट होटल मध्यमा पर्छ । होटल बुक गर्न चाहने पाहुनाले 9856000618 मा कल गर्न सक्नेछन् ।

होटलबाट फेवातालसहित वरपरको सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

You might also like

Comments are closed.