पोखरामा ‘पोखरा ग्रामर स्कुल’ २०८३ देखि सञ्चालन हुने

पोखरा । पोखरा–१७ ड्यामसाइडमा ‘पोखरा ग्रामर स्कुल’ शैक्षिक सत्र २०८३ देखि सञ्चालनमा आउने भएको छ । पूर्व फिस्टेल स्कुल परिसर तथा गण्डकी विश्वविद्यालयले प्रयोग गरेको भवनमा स्थापना हुने विद्यालयले गुणस्तरीय, अनुशासित र मूल्यआधारित शिक्षामार्फत नयाँ शैक्षिक मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

संरक्षक चिनु रानाभाटका अनुसार अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, आधुनिक प्रविधि र स्थानीय सांस्कृतिक मूल्यको संयोजनमार्फत समग्र शिक्षा प्रदान गरिनेछ । विद्यालयमा प्रारम्भिक बाल शिक्षा देखि माध्यमिक तहसम्म कक्षा सञ्चालन गरिनेछ भने जापानी अनुशासन, समयपालन र स्वच्छतामा विशेष जोड दिइनेछ ।

अध्यक्ष एलिस रानाभाटले कला, संगीत, योग, माइन्डफुलनेस, मार्सल आर्ट, वातावरणीय सचेतना र सामुदायिक सेवाजस्ता सह–पाठ्यक्रम गतिविधि सञ्चालन गरिने जानकारी दिए । फिस्टेल समूहको व्यवस्थापनमा सञ्चालन हुने विद्यालयले पोखरामा प्रगतिशील शिक्षाको नमुना विस्तार गर्ने लक्ष्य राखेको छ ।

You might also like

Comments are closed.