पोखरा लिंकन इन्टरनेशनल कलेज र कास्की मोडल हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । पोखराको सिमलचौरस्थित पोखरा लिंकन इन्टरनेशनल कलेज र कास्की मोडल हस्पिटल प्रालिबीच स्वास्थ्य परिक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ ।

सम्झौता अनुसार अस्पतालले पोखरा लिंकन इन्टरनेशनल कलेजका विद्यार्थी, कर्मचारी तथा शिक्षक, र संचालक/सेयर होल्डरलाई स्वास्थ्य परिक्षण गराउदा विभिन्न क्षेत्रमा छुट दिइने छ ।

कन्सलटेन्ट फि मा १२ प्रतिशत, बेड चार्ज सर्जरी डेन्टल, प्रोसिजर ल्याव र फिजियोथेरापीमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउनेछन् । साथै कर्मचारी तथा शिक्षक र संचालक सेयर होल्डलाई कन्सलटेन्ट फि, बेड चार्ज, सर्जरी डेन्टल र प्रोसिज /ल्याबमा १५ प्रतिशत फिजियोथरापीमा १० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट पाउने छन् ।

कलेजको तफबाट अध्यक्ष शेर बहादुर गुरुङ र अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक डा. शैलेस गुरुङबीच उक्त सहमति भएको हो । कलेजका अध्यक्ष शेर बहादर गुरुङका अनुसार यो सम्झौताले कलेजका बिबिए, बिएचएम, र एमबिएका विद्यार्थी, कर्मचारी तथा शिक्षकलाई र कलेजका संचालक /सेयर होल्डलाई समेत स्वास्थ्य सेवामा लाभ पुग्ने बताए ।

सिमलचौर ८ मा अवस्थित पोखरा लिंकन इन्टरनेशनल कलेजले करिब एक दसकदेखि मेलेशियाको लिंकन युनिभर्सिटीबाट सम्बन्ध प्राप्त, नेपालको शिक्षा मन्त्रालयबाट अनुमतिप्राप्त र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त अन्तराष्ट्रिय स्तरको डिग्रि संचालन गरिरहेको छ । साथै कलेजमा एमबिएका कक्षाहरु पनि बेलुकीको समयमा मार्च २०२३ बाट संचालन हुनेछन् ।

 

You might also like

Comments are closed.