लिंकन कलेजमा अब एमबिएको कक्षा सञ्चालन हुने

पोखरा । पोखराको सिमलचौरमा रहेको पोखरा लिंकन इन्टरनेशनल कलेजमा एमबिए कक्षा समेत सञ्चालन हुने भएको छ । लिंकन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त भइ कलेजले एमबिएको कक्षा सञ्चालनको तयारी सुरु गरेको कार्यकारी निर्देशक राजकुमार गुरुङले जानकारी दिए ।

कलेजले एमबिएको २ वर्षे कोर्षका लागि September र March Intake  मा गरि वर्षमा दुइ पटक भर्ना लिने छ । कक्षा सञ्चालन बिहान वा साँझ गर्न का लागी अध्ययन भइरहेको गुरुङले जानकारी दिए । ‘बिहान वा साँझ कक्षा सञ्चालनका लागि विद्यार्थीको रुची र चाहना के कस्तो हुन्छ अध्ययन गरिरहेका छौं,’ उनले भने ।

कलेजले बिबिए र बिएचएमको कक्षा सञ्चालन २०६९ बाट गरिरहेको छ । पोखरामा ४ दशक अगाडि स्थापना भएको प्रतिष्ठित स्कुल लिटिल स्टेपद्वारा प्रवद्र्धित लिंकन कलेजमा विद्यार्थीको आकर्षण रहेको छ ।

jutta mela

कलेजले आफ्नै सुविधा सम्पन्न भवनमा पठन पाठनको व्यवस्था गरेको छ भने कलेजले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी विद्यार्थी उत्पादन गर्न सफल भएको संस्थापक अध्यक्ष शेर बहादुर गुरुङले जानकारी दिए ।

लिटिल स्टेप सेकेण्डरी स्कुल अन्तर्गत प्लस टुमा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट मा २०७९ को लागि भर्ना प्रक्रिया अभियान रहेको छ ।

You might also like

Comments are closed.