लिंकन कलेजमा अब एमबिएको कक्षा सुरु हुने

पोखरा । पोखराको सिमलचौरमा रहेको लिंकन कलेजमा एमबिएको कक्षा सुरु हुने भएको छ । लिंकन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त भइ कलेजले एमबिएको कक्षा सञ्चालनको तयारी सुरु गरेको कार्यकारी निर्देशक राजकुमार गुरुङले जानकारी दिए ।

कलेजले एमबिएको २ वर्षे कोर्षका लागि असोज र फागुनमा इन्टेक हुने गरी भर्ना सुरु गरिसकेको छ । कक्षा सञ्चालन बिहान वा साँझ गर्ने गरी अध्ययन भइरहेको गुरुङले जानकारी दिए । ‘बिहान वा साँझ कक्षा सञ्चालनका लागि विद्यार्थीको रुची र चाहना के कस्तो हुन्छ अध्ययन गरिरहेका छौं,’ उनले भने ।

कलेजले बिबिए र बिएचएमको कक्षा सञ्चालन २०६९ बाट गरिरहेको छ । पोखरामा ४ दशक अगाडि स्थापना भएको प्रतिष्ठित स्कुल लिटिल स्टेपद्वारा प्रवद्र्धित लिंकन कलेजमा विद्यार्थीको आकर्षण छ ।

कलेजले आफ्नै सुविधा सम्पन्न भवनमा पठन पाठनको व्यवस्था गरेको छ । कलेजले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी विद्यार्थी उत्पादन गर्न सफल छ ।

लिटिल स्टेप सेकेण्डरी स्कुल अन्तर्गत प्लस टुमा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको पढाइ हुन्छ ।

You might also like

Comments are closed.