पोखरा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व २०७९/८० मा स्थानीय तह कार्य सम्पादन मूल्याङ्कनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ ।
आयोगले मंगलबार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अंक प्राप्त गरेको हो ।
यस अघि आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको बताइएको छ । आयोगले दिएको समय सीमा भित्र महानगरपालिकाले सम्पादन गरेका कार्यहरू अद्यावधिक भएपछि नतिजामा सुधार भएको हो ।
यस्तै स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा पनि पोखरा महानगरपालिकाले ८५.५ अङ्क प्राप्त गरेको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६० अंक प्राप्त गरेको छ ।
Comments are closed.