पोखरा । पोखरा नर्सिङ क्याम्पस पूर्व विद्यार्थी मञ्च को प्रथम साधारण सभा एवं अधिबेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले नीलम महर्जनको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा सिर्जना पन्डित पहारी, सचिव गिता घिमिरे , कोषाध्यक्ष अन्जु पौडेल चयन भएका छन् । त्यसैगरि सदस्यमा शर्मिला दाहाल , बिष्णु गुरुङ , उषा किरण पौडेल , शान्ति खड्का , शारदा पौडेल , मन माया राना, रजनी पालिखे रहेका छन् ।
पोखरा नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख तथा पहिलो ब्याचका पुर्व विद्यार्थी प्रोफेसर नीता ताम्राकारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बरिस्ठ अस्पताल नर्सिङ प्रशासक एवं पूर्व विद्यार्थी सरिता कार्की बिशिष्ट अतिथी थिइन् ।
तदर्थ समितिका सचीव क्षेत्र कुमारी रोक्काले कायक्रम संचालन गरेकी थिइन् । कार्यक्रममा पोखरा नर्सिङ क्याम्पसका आर्थिक सह नियन्त्रक पुष्पराज पौडेल , प्रशासन प्रमुख प्रजापति पराजुली, प्रोफेसर समि लामा, प्रोफेसर तारा शाह, बेलायतमा कार्यरत मिना शर्मा ज्ञवाली, शुष्मा गुरुङ, सह प्राध्यापक निरुपा थापा लगायतले बोलेका थिए । बन्दसत्रको संचालन तथा नयाँ कार्य समितिको चयनमा प्राध्यापक नीता ताम्राकार अध्यक्ष, र सदस्य द्वय उप-प्राध्यापक बन्दी गुरुङ र बरिस्ठ अस्पताल नर्सिङ प्रशासक सरिता कार्कीद्वारा गरिएको थियो।
Comments are closed.