पोखरा रोयल सहकारीमा विद्यार्थीको अध्ययन अवलोकन

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा नेशनल कलेजको नेतृत्वमा आएका १३ जना विद्यार्थीहरुले अवलोकनका साथै अन्तरक्रिया गरेका छन् । नेशनल कलेजमा ”Bachelor in Development Studies” , अध्ययन गरिरहेका विद्यार्थीहरुले सहकारीकाे अवलोकनका साथै अन्तरक्रिया गरेका हुन् ।

”Bachelor in Development Studies” , अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि सैदान्तिक ज्ञानका अलवा प्राक्टिकल ज्ञानका लागि पनि केहि उत्कृष्ठ सहकारीहरुले संस्था सञ्चालनका लागि गरेका असल अभ्यासहरुको बारेमा  जानकारी दिन र बुझनका लागि गण्डकी प्रदेशलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर समुदायमा आधारित रहेर तथा निती, नियम र सहकारी ऐन अनुसार सञ्चालित तथा सहकारीलाई अग्रस्थानमा राख्न सक्ने भएको हुनाले पोखरा रोयल साकोसलाई विद्यार्थीहरुको लागी अध्ययन अवलोकनको केन्द्र बनाइएको काठमाडाैं, नेशनल कलेजका ऐकेडेमिक डायरेक्टर डा. शिवजी सापकोटाले बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले संस्थाको वर्तमान अवस्था, सहकारी नै किन, संस्थाका गतिविधी, जगेडा कोष, ऋणको सुरक्षण, संस्थामा सदस्यहरुको काम, कर्तव्य, अधिकार तथा भूमिका, तरलता समस्या, बचतको सुरक्षा, स्थापनामा सदस्य र व्यवसाय विस्तारका आरोह अवरोह , उत्कृष्ठ हुनुका कारणहरु, सहकारीले समाजमा पुर्‍याएको योगदान र सफलताका सूत्र आदि विषयमा जिज्ञाशाहरु राखेका थिए  ।  र उनीहरूले राखेका जिज्ञाशाकाे सम्वन्धमा  संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले संस्थाको विस्तृत प्रस्तुतिकरणसहित सम्वोधन गरेका थिए ।

साथै डिजिटल सेवाहरुको प्रयोग, सञ्चालन तथा चुनैती र समस्याहरुको समाधानको विषयमा संस्थाका व्यवसाय विभाग प्रमुख अविनास पौडेलले बताए । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएकाे थियो ।

विद्यार्थीहरुले पोखरा रोयल सहकारीका ९९ जना महिला सदस्यहरुबाट सञ्चालन भएको रोयल दिदीबहिनी किचनको अवलोकनका साथै किचनका पाकवानहरुको टेस्ट गरेका थिए ।पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको छ ।

lcci
You might also like

Comments are closed.