पोखरा रोयल सहकारीद्वारा मालपोत कार्यालयलाई सहयोग हस्तान्तरण

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मालपोत कार्यालय कास्कीलाई एक सेट टेवुलरदराज र एक सेट कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

गल भदौ २३ र २४ गते जेन जेड समूहको आव्हानमा भएको आन्दोलनका क्रममा पोखराका सयौं सरकारी कार्यालयहरु र त्यहाँ रहेका कार्यालय सामग्री जलेर नष्ट भएका कारण संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रु. १ लाख २ हजार ५ सय बराबरको सहयोग गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयलाई छिटो सामान्य अवस्थामा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले मालपोत कार्यालय कास्कीका का.मु. मालपोत अधिकृत शोभाखर पोख्रेललाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् ।

हाल पोखराका सरकारी कार्यालयहरुमा संस्थाले यस भन्दा अगाडि कोभिड महामारी र महाभुकम्पको समयमा समेत सामुदायिक हितका क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बताए ।

You might also like

Comments are closed.