सहकारीको स्थापना दिवस तथा विश्व मौरी दिवसको अवसरमा मौरी पालन तालिम

पोखरा । पाखेरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३औं स्थापना दिवस तथा विश्व मौरी दिवसको अवसरमा लघुवित्त अन्तर्गत आवद्ध महिला सदस्यहरुलाई लक्षित गरि मौरी पालन तालिम सम्पन्न भएको छ । तालिम ३ दिनसम्म चलेको थियो ।

मौरी विज्ञ प्रशिक्षकद्वय सुर्य प्रसाद लामिछाने र टंक प्रसाद लामिछानेले तालिमको सहजिकरण गरेका थिए । तालिममा प्रशिक्षक सुर्य प्रसाद लामिछानेले मौरीको सैद्धान्तिक पक्षमा र टकं प्रसाद लामिछानेले सैद्धान्तिक रुपमा गरिएको अध्ययनलाई प्राक्टिकलनै गर्न लगाई प्रशिक्षार्थीहरुलाई अभ्यास गराएका थिए ।

तालिम पोखरा १३ आर्वामा २ दिन र तेस्रो दिन बेगनासमा व्यवसायिक रुपमा मौरी पालन गर्दै आईरहेका व्यावसायीहरु भएको स्थानमा गई फिल्ड भिजिट गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले सदस्यलाई व्यावसायिक बनाउन उत्पादन मूलक क्षेत्रतर्फ जोड्दै लैजाने बताए ।

संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गुरुङको अध्यक्षतामा शुभारम्भ भएको कार्यक्रमको समापन संस्थाको अध्यक्ष रुद्र कुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा सहभागी सम्पूर्णलाई संस्थाको तर्फबाट मौरी पालन गर्दा चाहिने आवश्यक सामग्री मौरी राख्ने झोला, टोपी घुम्टी प्रदान गरिएको थियो । उक्त तालिममा २८ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.