पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई लक्षित गर्दै विशेष आकर्षणसहितको कर्जा योजना सार्वजनिक गरेको छ। ‘अब बचतकै दरमा ऋण सुविधा’ भन्ने नारासहित सार्वजनिक गरिएको योजनाअनुसार अब सदस्यहरूले वार्षिक मात्र ७.३३ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन् ।
संस्थाले जारी गरेको सूचनाअनुसार यो योजना अन्तर्गत अधिकतम ७० लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । १०० दिनभित्र योजना सञ्चालन गर्न सकिने सुनिश्चितता गरिएको यो कर्जा योजना नयाँ तथा पुराना दुवै प्रकारका परियोजनाका लागि उपलब्ध गराइने संस्थाले जनाएको छ ।
संस्थाले सदस्यहरूको आवश्यकता अनुसार सहकार्य गर्न तयार रहेको जनाएको छ । पोस्टरमा उल्लेख गरिएको सन्देशमा भनिएको छ, “ऋणको सही सदुपयोग र प्रभावकारी व्यवस्थापनले सफलता सुनिश्चित गर्न सकिन्छ, तर दुरुपयोग र लापरवाहीले असफलता र विनाशको सामना गराउँछ ।”
पोखरा-१०, बुद्धचोक, कास्कीमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले तनहुँ, स्याङ्जा र लमजुङमा समेत सेवा केन्द्रहरू स्थापना गरी वित्तीय सेवा दिँदै आएको छ ।
Comments are closed.