दीगो विकास लक्ष्य प्राप्ती अभियानको बहसमा पोखरा रोयल सहकारी

पोखरा । पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको प्रदेश स्तरीय सहकारी पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले दीगो विकास लक्ष्य प्राप्ती अभियानका सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरेको छ । सामान्यतया प्रारम्भिक सहकारीले यसप्रकारको कार्यक्रम गर्दैनन् । सरोकारवालाहरुको उपस्थितिमा पोखरा रोयलले पोखरामा यस विषयमा छलफल चलाएको हो ।

‘दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको भूूमिका’ विषयक एक दिवसीय कार्यशाला गोष्ठीमा गण्डकी प्रदेश रास्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त अवसरमा बोल्दै उनले दीगो विकास लक्ष्य प्राप्तीमा सहकारीको भूमिका महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा नेफ्स्कुनका गण्डकी प्रदेश संयोजक कमला गिरी, जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बराल, पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण  अधिकारी, जिल्ला सहकारी संघ कास्कीका निबर्तमान अध्यक्ष रविरमण तिबारी, जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छबिलाल लामिछाने, कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बराल, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइराला, प्राध्यापक भीमकान्त बराल लगायतका वक्ताले सहकारी अभियान र दीगो विकास लक्ष्य प्राप्तीमा सहकारीको भूमिकाका सन्दर्भमा धारणा राखेका थिए । सहकारीका अध्यक्ष तुलसीप्रसाद गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले गरेका थिए ।

jutta mela

कार्यक्रम निकै उपलब्धीपूर्ण रहेको र उत्साहजक सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए । ‘दीगो विकास लक्ष्य प्राप्तीमा प्रारम्भिक सहकारीले पनि बहस तथा छलफल चलाउनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं,’ गुरुङले भने ।

You might also like

Comments are closed.