बिराटनगर । पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले गरेको पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम भएको बताउँदै सम्पूर्ण पुर्वेलीलाई पोखरा आउन आग्रह गरे ।
उनले यतिबेल पुर्वी नेपाल र पोखरासंगको सडक सञ्जालपनि उत्कृष्ट रहेको बताउँदै बिगतमा बाटोमा हुने विभिन्न झण्झटहरु टरेको उल्लेख गरे । पोखरालाई पर्यटकिय राजधानी शहर घोषणा गरिसकेपछि समितिले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको औल्याए । मौसम लगायत सबै दृष्टीकोणबाट पोखरा घुम्न यतिबेल अनुकुल भएको जनाउँदै उनले पोखरा घुम्न आव्हान गरे ।
पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले पुष १३ देखि १७ गते सम्म हुन लागेको पोखरा सडक महोत्सवका आकर्षणबारे जानकारी गराए । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको उनले जनाए ।
गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् ।
सो अवसरमा पोखरा र पोखरा सडक महोत्सवको प्रवद्र्धनात्मक श्रव्यदृष्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसअघि नेपाल पत्रकार महासंघ इटहरीले भ्रमणकारी पोखरेली पर्यटन व्यवसायीको टोलीलाई रुद्राक्षको माला अर्पण गर्दै स्वागत गरेको थियो ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको उनले जानकारी दिए ।
महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । त्यस्तै, पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने छ । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।
समारोहमा बोल्दै होटल संघ चितनका अध्यक्ष ओम पाण्डेले पुष ११ देखि १३ गते सम्म हुन लागेको हात्ति महोत्सवका बारेमा जानकारी दिंदै अवलोकनका लागि आव्हान गरे । २० सदस्यि उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पुर्व अध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुन, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब बराल रहेका छन् ।
त्यसैगरि टोलीमा पत्रकार बिनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष बीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा नगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, होटल चितवन होटल संघका ओम पाण्डे, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेस वाँस्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी रहेका छन् ।





Comments are closed.