नयाँ वर्षलाई स्वागत गर्दै सकियो पोखरा सडक महोत्सव

आर्थिक आवाज
पोखरा । पर्यटकीय नगरी पोखरामा अँग्रेजी वर्ष २०१९ लाई बिदाइ र २०२० लाई सडमबाटै भब्य रुपमा स्वागत गरिएको छ । पोखराको लेकसाइडमा हजारौं स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ वर्षको स्वागत गरे ।

पोखराको लेकसाइडस्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ वर्ष मनाउन भेला भएकाहरु कोमागाने पार्कमा राजु लामाको प्रस्तुतिमा नाच्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरे ।

त्यती मात्रै हैन । आतिसबाजी हुँदा निकै उत्साही हुँदै शुभकामना साटासाट गरे । आफ्ना परिवार, साथी संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ वर्षको स्वागत गर्ने प्रमुख गन्तव्य बनेको पोखरा सडक महोत्वका संयोजक लक्ष्मण बरालले बताए । अंग्रेजी होस् या नेपाली नयाँ वर्ष पोखरा सबैको पहिलो रोजाइमा पर्ने गरेको उनले बताए ।

jutta mela

पोखराको लेकसाइडमा अँग्रेजी नयाँ वर्षलाई लक्षित गरेर गरेर विगत २१ वर्षदेखि सडक महोत्सव हुँदै आएको छ । रेवान पोखरा आयोजनामा भएको पोखरा सडक महोत्सवमा रम्दै नयाँ वर्षको स्वागत गर्न आन्तरिक तथा विदेशी पर्यटक र पोखरेलीहरुको लेकसाइडमा मानव सागर उर्लिएको बरालले बताए ।

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा बुधबार रातिबाट सकिएको छ । सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं मूलनाराका बिगत २१ वर्षदेखि हँुदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले मुख्य आक्रषण रहेको थियो । लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव संचालन भएको थियो ।

You might also like

Comments are closed.