काठमाडौं । राष्ट्रिय अल्लो उद्यमी संघको अध्यक्षमा युवा उद्यमी पोषराज पौडेल निर्वाचित भएका छन् । व्यवसायीहरुको बुधबार भएको प्रथम भेलाले संघ गठन गर्दै पौडेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा सुन्ती पुर्जा मगर, सचिवमा चन्द्रबहादुर नेपाली, कोषाध्यक्षमा घममाया गर्बुला निर्वाचित भएका छन् । सदस्यहरुमा वसन्त अधिकारी, प्रतिभा केसी, राजेन्द्र शर्मा, चन्द्रबहादुर रानाभाट र तिलबहादुर बिक छन् ।
स्थानीय धागोजन्य बस्तुहरुलाई बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संस्था गठन गरिएको अध्यक्ष पौडेलले बताए । प्रथम चरणमा कास्कीका व्यवसायीहरु आबद्ध भएर संघ गठन गरिएको र आगामी दिनमा राष्ट्रियस्तरमा महासंघ गठन गरिने उनले जानकारी दिए ।
उद्योग वाणिज्य हित संरक्षण निर्देशनालय गण्डका निर्देशक नारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
Comments are closed.