फाइदा हुँदा कर लिने मात्रै सरकारको काम हो ?

प्रवलजंग पाण्डे, उद्योगी

काठमाडौं । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रियस्तरमा मूल्य बृद्धि भएसँगै व्यापार घाटा बढ़ने त छदैछ अर्कोतर्फ आयल निगमले सो अनुसारको मूल्य समायोजन गर्न नसक्दा मासिक ५-६ अर्ब रुपैयाँ घाटा भइरहेका छ ।

जनताले पनि पेट्रोलियम पदार्थमा हालसम्म कै उच्च मूल्य तिरिरहेका छन् । उक्त मूल्य बृद्धिसँगै ढुवानीको मूल्य बृद्धि हुनुको असर समग्रमा मूल्य बृद्धि भइरहेको छ । यो क्रम रोकिने स्थितिमा छैन । तरलताको अभाव, दुई वर्षको कोभिड असर, ब्याज दरको बृद्धि, अन्तर्राष्ट्रियस्तरमा नै कच्चा पदार्थको मूल्य बृद्धि, सरकारले विकास खर्च गर्न नसक्नु, रेमिट्यान्स घट्दै जानु यी सबै कारणले नेपालको अर्थतन्त्र संकटमा छ ।

तर, बिडम्बना नेपालको प्रमुख राजनीतिक दलहरुले अर्थतन्त्रको बिग्रदो अवस्थाको बारेमा एक शब्द पनि उच्चारण गरेको सुनिदैन । सरकार जनताले लगानी गरेको हरेक व्यवसायमा बिना लगानीको २५ प्रतिशत हिस्सेदारी हो । के फाइदा हुँदा कर लिने मात्र सरकारको काम हो र ? आवश्यक पर्दा निभाउनु पर्ने कर्तव्य निभाउदा त्यही निजी क्षेत्रले रोजगारी श्रृजना गर्नेदेखि व्यापार घाटा कम गर्नेदेखि राज्यले बिना लगानी २५ प्रतिशत प्रतिफल प्राप्त गरी रहन सक्छ ।

(पाण्डेको फेसबुक स्टाटसबाट साभार)

You might also like

Comments are closed.