काठमाडौं – प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले अध्यक्ष राजनकुमार बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ । मञ्चले बस्नेतले संगठनको हितविपरित काम गरेको भएको भन्दै संगठनको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको जानकारी दिएको छ ।
उनलाई मञ्चको समन्वय कमिटीको बैठकले निस्कासन गरेको हो । बैठकले नेकपा एकिकृत समाजवादीको तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका कृषिमन्त्री वेदुराम भुषाल र भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई बधाई ज्ञापन गरेको छ । त्यस्तै बैठकले गत महिना सम्पन्न सचिवालय बैठकबाट पार्टी महासचिवमा नियुक्त भएका घनश्याम भुसाललाई बधाई ज्ञापन प्रस्ताव पारित गरेको मञ्ले जानकारी दिएको छ ।
बैठकले हालै निधन भएक पार्टी केन्द्रीय सदस्य सरोजराज उपाध्यायको श्रद्धाञ्जली प्रस्ताव पारित गरेको छ ।
महासचिव अच्यूत शर्मा थपालियाको अध्यक्षतामा, प्रवास अन्तरराष्ट्रिय सम्वन्य कमिटीका सचिब ध्रुब सुबेदीको प्रमुख आतिथ्यता जुममार्फत सम्पन्न बैठकले संगठनको साविकको कमिटीलाई पुनर्गठन गरेको छ ।
यस्तो छ कमिटी विवरण :
सल्लाहकार
१ डा राजु मान्नधर
२ भरत पन्त
३ नरेस थापा
४ सन्तोष पान्डे
२७ सदस्य राष्ट्रिय कमिटी
अध्यक्ष– अच्युत थपलिया
वरिष्ठ उपाध्यक्ष– पूर्ण लामिछाने
उपाध्यक्ष– लक्षमण शेस्ठ
उपाध्यक्ष– तारालाल घिसिङ्ग
महासचिव– उद्वब खड्का
केषाध्यक्ष– सरोज नेपाली
सदस्यहरुः
हरिलाल लामिछाने
कमल देवकोटा
सि के भुसाल
विवेक अर्याल
अवानिस नेपाल
रमेस सोडारी
डा .ईभ धिसि
सुमन शर्मा
रंजन मैनाली
पुस्पा थापा
दिपक भुसाल
सुनिता दाहाल
मनिस पराजुली
अस्विन के सी
विवेक श्रेष्ठ
सविन गैजु
अंजल गोतामे
शुसिल फुयाल
रंजना घर्ती
प्रसिद्व ढुङ्गेल
Comments are closed.