काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको आयोजनामा ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि सेयर बजारमा लगानी सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ लिनसक्ने मुख्य उद्धेश्यका साथ “Doctor’s Meet: Exploring Financial Market” नामक कार्यक्रमको आयोजना गरिएको हो ।
तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा ले गरेका थिए भने कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो । व्यस्त समय तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताए ।
सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।
Comments are closed.