पोखरा । मणिपाल शिक्षण अस्पताल पोखरा र प्रभु बैंक लिमिटेडबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको हो । कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना अन्तर्गत अस्पतालमा स्वास्थ परीक्षण गर्दा बैंकका कर्मचारीले बिशेष छुट पाउने भएका छन् ।
मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल अडुविल र प्रभु बैंक लिमिटेडका प्रमुख क्षेत्रिय व्यवसाय अधिकृत शान्ती शेरचनले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
Comments are closed.