प्रभु हेलिकोप्टरले ल्यायो विशेष छुटसहित पोखरा सिटी टुर प्याकेज

पोखरा । प्रभु हेलिकोप्टर प्रा.लि.ले पोखरा सिटी टुर प्याकेज ल्याएको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष छुटसहित प्याकेज ल्याइएको प्रभु हेलिकोप्टर प्रा.लि.का स्टेसन म्यानेजर सुजन जोशीले जानकारी दिए ।

प्रा.लि.ले ३ जनाको लागि १९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको हो । १५ मिनेटको प्याकेज अन्तर्गत पोखरा विमानस्थलबाट सराङकोट ओभरफ्लाई, पञ्चासेको ओभरफ्लाई र शान्ति स्तुपाको ओभरफ्लाई हुँदै पोखरा विमानस्थल अवतरण हुनेछ ।

सस्तो शुल्कमा पोखरा तथा आसपासको क्षेत्रको साइडसिनको लागि यो प्याकेज प्रभावकारी हुने एयरपोर्ट इन्चार्ज दिलु गुरुङले बताए ।

‘हिमालको दृश्य स्पष्ट देखिने गरी उडान भरिनेछ,’ उनले भने । फागुन १० गतेबाट सुरु भएको यो अफर अन्तर्गत हेलिकोप्टर बुकिङ गर्नेहरुको आकर्षण देखिएको गुरुङले बताए । ‘कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गरी विशेष छुटमा अफर ल्याइएको हो,’ उनले भने ।

You might also like

Comments are closed.