प्रभु बैंकको ४६ लाख ७४ हजारबढी संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौँ । प्रभु बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ ।

बैंकले आजदेखि उक्त सेयर लिलामी बिक्री खुला गरेको हो ।उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ ।

प्रभुको संस्थापक सेयर लिलामी प्रक्रियामा कम्पनीका संस्थापक सेयर धनीसहित इच्छुक लगानीकर्ता संस्थाले सहभागिता जनाउन पाउने बैंकले जनाएको छ ।

कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ता संस्थाले फागुन २६ गतेसम्म आवेदन दिनुपर्नेछ । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

 

 

You might also like

Comments are closed.