प्रभु बैंक गण्डकी प्रदेशको आयोजनामा मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम

मुस्ताङ । प्रभु बैंक लि. गण्डकी प्रदेशको आयोजनामा घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा डिजिटल वित्तीय ज्ञानको प्रसार, दिदजटल ठगीबाट जोदगनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्बसाधारणलाईबचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु हो ।

यस काययक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट् व्यक्तिहरू र १२० भन्दा बढी स्थानीयको उपस्थिती थियो ।

गर्भनर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गदै डिजिटल बैंकिङ र अनलाइन वित्तीइ सेवाहरको
प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्ने उपायहरूको बारेमा जानकारी दिएका थिए। उनले भने, ‘डिजिटल प्रविधको उपयोग गर्दा हामीलाई यसका सम्भावित जोखिम र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवा सुरक्षित र विवेकपुर्ण निर्णय लिनुपर्ने हुन्छ ।’

नेपाल राष्ट्रबैंकका कार्यकारी निदेशक गुणाकर भट्ट ले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणाका बारेमा बृहत छलफल गरे । काययक्रममा प्रभुबैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा सेवाहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।

घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले यस कार्यक्रमको स्वागत गदै भने, ‘हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ । यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गनेछ।’

प्रभुबैंकको यस पहललाई स्थानीय समुदायले स्वागत गदै, कार्यक्रमको प्रशंसा गरे साथै आगामी दिनमा पनि सहभागी हुने आशा व्यक्त गरे ।

प्रभु बैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिछल वित्तीय सेवामा सचेत र सुरक्षित बनाउनेआफ्नो प्रतिवद्धता देखाउँदै यो काययक्रमको आयोजना गरेको हो।

You might also like

Comments are closed.