प्रभु केबलकारको वार्षिक साधारणसभाको मिति तय

काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजमले आफ्नो पहिलो वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आउँदो पुस २६ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा हुनेछ ।

सभाले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । शेयर जारपछि प्राप्त रकम उपभोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

You might also like

Comments are closed.