प्रभु स्मार्ट फण्डका इकाईहरु फागुन १८ गतेदेखि बिक्री खुला हुँदै

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत प्रभु क्यापिटलले फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फण्ड’ इकाइ बिक्री खुला गर्ने भएको छ ।

प्रभु स्मार्ट फण्डको कुल १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री निष्कासन गर्न लागेको हो । जम्मा ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

फण्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । निष्कासन गर्न इकाइमध्ये १४ प्रतिशत अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १ प्रतिशत अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ ।

‘प्रभु स्मार्ट फण्ड’ मा लगानीकर्ताले फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा चैत ५ गतेसम्म आवेदन खुला रहने प्रभु क्यापिटलले जनाएको छ ।  प्रभु स्माट फन्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फन्ड योजना हो ।यो १० वर्षे बन्दमुखी योजना हो ।

फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.