चाडपर्वमा प्रभु क्यापिटलको डबल धमाका अफर

काठमाडौं । दसैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी प्रभु क्यापिटलले ‘डबल धमाका अफर’ ल्याएको छ । यो अफर अन्तर्गत १ रुपैयाँमा डिम्याट खाता खोल्ने ग्राहकले शेयर बजार सम्बन्धी तालिम निःशुल्क पाउनेछन् ।

यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालिम प्रदान गरिने प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले जानकारी दिए । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने गिरीले जानकारी दिए ।

दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकलाई प्रत्येक साता शनिबार साताभरीबाट छनौट भएका ७० जना ग्राहकलाई शेयर बजारसम्बन्धी आधारभूत तालिम प्रदान गर्ने गिरीले जानकारी दिए । ‘नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ,’ उनले भने ।

jutta mela

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनसक्नेछन् । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमईपे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ । यो योजनाको अवधि असोज १८ गतेदेखि कात्तिक २५ गतेसम्म हुनेछ ।

यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहने बताइएको छ । दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने गिरीले जानकारी दिए ।

You might also like

Comments are closed.