प्रभु क्यापिटलले ल्यायो ‘समर डिम्याट स्किम’

काठमाडौं । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसै परिप्रेक्ष्यमा ग्राहकहरुलाई डिम्याट सेवा अन्तर्गत नयाँ डिम्याट योजना समय डिम्याट स्किम ल्याएको छ । साउन १० गतेदेखी लागु हुने स्किम साउन मसान्तसम्म चल्नेछ ।यस योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयरप्राप्त गर्ने बताइएको छ ।

साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन दिएका ग्राहकले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्ने प्रभु क्यापिटलले बताएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजना अन्तरगत डिम्याट खाता खोल्न सक्नेछन् । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिनेछ ।

jutta mela

You might also like

Comments are closed.