प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड मर्ज भएर बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लोगो सार्वजनिक गरिएको छ । सयुक्त मर्जर समितिको निर्णय अनुशार दुवै कम्पनीको भावना प्रतिविम्वित हुनेगरि तयार गरिएको तथा एकीकृत कारोबार पछि प्रचलनमा ल्याउने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक गरिएको हो ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले जेठ २९ गते मर्जरको लागि अन्तिम स्विकृती प्रदान गरेको थियो ।  असार महिना भित्र एकीकृत कारोबार गर्नेगरि दुवै कम्पनीको सयुक्त मर्जर कम्पनी समिति, संचालक समिति व्यवस्थापन समूह तयारीमा लागेको बताइएको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाईफको देशभर १६७ शाखा रहेका छन् भने ४४९ जना कर्मचारी कार्यरत छन् ।

प्रभु लाइफको बोनस शेयर जारी पछि दुवै कम्पनीको गरि ४२९.६ करोड चुक्ता पुँजी रहने बताइएको छ ।  बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजी को लागि एकीकृत कारोबारपछि ९० करोड बराबर प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने सहमति भएको बताइएको छ ।

You might also like

Comments are closed.