नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ बागमती प्रदेश संयोजकमा प्रभुराम श्रेष्ठ

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको बागमती प्रदेश संयोजकमा प्रभुराम श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको प्रदेश संयोजकमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति श्रेष्ठले आभार व्यक्त गरेका छन् । उनी हेभी इक्विपमेन्ट व्यवसायी संघ काभ्रेको अध्यक्षसमेत हुन् ।

उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

You might also like

Comments are closed.